गृहपृष्ठ » राजनीति, समाजसंविधान दिवसको अवसरमा नवलपरासी चिसापानीमा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा नवलपरासी चिसापानीमा दिप प्रज्वलन

September 19, 2021८७ पटक

युबराज चापागाईं / नवलपरासी असोज ३
संविधान दिवसको अवसरमा पश्चिम नवलपरासीका विभिन्न ठाउँहरुमा दिप प्रज्वलन गरिएको छ । बर्दघाट नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस वडा समिति र नेपाल विद्यार्थी संघ दिब्यज्योती बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । 


चिसापानी ब्लक नम्बर ५ मा रहेको प्रवेश द्धारमा दिप प्रज्वलन गरिएको ने्विसंघ ईकाई सभापती कमल बस्यालले बताए । कार्यक्रम वडा सभापती टुक बहादुर पौडेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेवीसंघ ईकाई सभापती कमल बस्याल, स्ववियु सचिव केदार चौधरी, नेपाल तरुणदल बर्दघाट नगर उप सभापती टोमन थापा मगर, नेपाल तरुणदल नगर सदस्य दिपक राना मगर, तरुणदल वडा नम्बर २ का सभापती दुर्गा क्षेत्री संगै क्षेत्रीय प्रतिनिधिहरुको पनि सअभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण