गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारमलेसियाको सडक दुर्घटनामा नेपालीको मृत्यु

मलेसियाको सडक दुर्घटनामा नेपालीको मृत्यु

September 10, 2015४४४ पटक

फोटो :सडक दुर्घटनामा मारिएका नेपालीको शव । 
मलेसिया : मलेसियामा भएको सडक दुर्घटनामा बिहीबार एक नेपालीको ज्यान गएको छ ।

मलेसियाको जोहोर राज्यस्थित मुहार बखरी बातु लापानमा भएको सडक दुर्घटनामा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो ।

कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा लिम्बूलार्इ कारले ठक्कर दिएको उनका साथी मुकेश साहले जानकारी दिए ।

मुहारको टिटी गोलोवे कम्पनीमा कार्यरत लिम्बू रोजगारीका सिलसिलामा ९ महिनाअघि मलेसिया  आएका थिए ।

लिम्बूको शव पोस्टमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ  ।annapurnapost.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण