गृहपृष्ठ » समाजकोभिड महामारीसंग जुध्न २ लाख बढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

कोभिड महामारीसंग जुध्न २ लाख बढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

September 19, 2021१४४ पटक

देवदह । रुपन्देहीको देवदहमा प्रतिमान निमा मेमोरियल फाउन्डेसनद्वारा कोभिड १९ क्राइसिस सपोर्ट एन्ड रिलिफ इन नेपाल अन्तर्गत  कोभिड १९ बाट प्रभावितका लागि  स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । 

१० लिटरको अक्सिजन कन्टेनर (१ थान ), फेस सिल्ड ६७ थान, स्यानिटाइजर ५ लिटर, मास्क २५० थान, पिपिइ २३ थान, पन्जा २००० थान , ग्लोन आइसोलेसन २० थान यन ९५ डिस्पोजएबल मास्क २०० थान गरि  २ लाख बढिसम्मको समान बितरण गरिएको उक्त संस्थाका निर्देशक धर्म बाहादुर केसीले  बताए । 

पुर्व स्वास्थमन्त्री एवम् प्रतिमान निमा फाउन्डेसन संस्थाका उपाध्यक्ष दिपक बोहोराको विषेश उपस्तिथिमा सम्पन्न उक्त कार्यक्रममा देवदह नगरपालिका  प्रमुख हिरा बहादुर  खत्री, नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङ, वडा नं ७ का वडा अध्यक्ष पदम थापा, राप्रपा देवदहका अध्यक्ष मादव रिमाल लगायतको उपस्थिति रहेको थियो ।@सेतोमसि

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण