गृहपृष्ठ » समाचारहरु, समाज, स्वास्थ्यएकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न

एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न

September 23, 2021१०३ पटक

भैरहवा,
लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा प्यूठानमा एकदिने आँखाको शल्यक्रिया शिविर सम्पन्न भएको छ । प्रस्तावित नरेन्द्र गायत्री आँखा उपचार केन्द्र, प्युठानले आफ्नो आँखा उपचार केन्द्रमा आँखा बिरामीहरुलाई महिनाको एकदिन शिविर सञ्चालन गरेको हो ।

लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानका बाह््रय कार्यक्रम निर्देशक नेत्ररोग विशेषज्ञ सह.प्रा.डा. कबिन्द्र बज्राचार्यले शिविरमा आएका ३० जना बिरामीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताए ।

मोतियाबिन्दुका कारणले पूर्ण रुपमा दृष्टीबिहीन भएका दुईजना बिरामीहरुले शल्यक्रियापश्चात दृष्टी फर्किएकोमा आयोजक संस्था र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरलाई धन्यवाद दिनुभएको संस्थानका सूचना अधिकारी प्रतीक पाण्डेले जानकारी दिए ।

सेतो पुतलीबाट आँखामा लाग्ने शापुका बिरामी र अन्य केही बिरामीलाई थप उपचारको लागि लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालमा बोलाइएको अस्पतालका बाह्य कार्यक्रम निर्देशक सह.प्रा.डा.कबिन्द्र बज्राचार्यले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण