गृहपृष्ठ » पत्रपत्रीका, समाजन्याय खोज्दै तिलोत्तमामा सडक आन्दोलन,२५ दिनसम्म उठेन सीताको शव

न्याय खोज्दै तिलोत्तमामा सडक आन्दोलन,२५ दिनसम्म उठेन सीताको शव

September 30, 2021५१ पटक

रुपन्देही १३ असोज तिलोत्तमा नगरपालिकामा युवतीको रहस्यमयी मृत्युको घटनालाई लिएर विगत दुई सातादेखि थाति राखिएको आन्दोलन पुन: चर्किएको छ । २५ दिनसम्म पनि शव उठाउन नमानेका माइती पक्षले अनुसन्धान प्रभावकारी नभएको र आफुहरुलाई चित्त नबुझेको भन्दै न्यायका लागि आफुहरुलाई स्थानियले साथ् दिन भन्दै पुन: आन्दोलन चर्काउने घोषणा गरेका छन्। तिलोत्तमा-८ मणिग्राम चार नम्बरकी २७ वर्षिया सीता भण्डारीको भदौ १९ गते राती आत्महत्या नभई हत्या भएको आरोप लगाउदै माईति पक्षले न्याय दिलाई पाउ भनि पुन: आन्दोलन शुरु गरेको छ ।आन्दोलनका क्रममा तिलोत्तमाका वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ भने सडक आन्दोलन मार्फत माईति पक्षले आन्दोलन चर्काउने बताएको छ । 

उनीहरुले बुधबार तिलोत्तमा नगरपालिकाका १७ मध्ये १३ वटा वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै मणिग्राममा प्रदर्शन गरेका छन् ।मृतक सीताका बुबा हरिप्रसाद भण्डारीले पौडेल परिवारले राजनीतिक र आर्थिक चलखेल गरेर मुद्दा कमजोर बनाउन खोजेको आशंका गरेका छन् । सीताको परिवार र इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरबीच नजिकको सम्बन्ध (आफन्त) भएकाले पनि आफूहरुको मुद्दा राम्रोसंग नहेरेको भण्डारीको गुनासो छ ।शुरूमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसपछि माइती पक्षले आन्दोलन चर्काएपछि आत्महत्या दुरुत्साहनमा उजुरीमा अनुसन्धान गरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले भने सीआईबीको टोलीले अनुसन्धान गरेकाले छिट्टै सत्य तथ्य बाहिर आउने बताए ।


अनुसन्धानमा खटिएका एक अधिकृतका अनुसार ‘टेक्निकल’ र ‘मेनुअल’ दुवै तरिकाले घटनाको अनुसन्धान भइरहेको छ ।मृत्युको जानकारी परिवारका अरु सदस्यलाई नदिइएको, प्रहरी नआउँदै पासो काटिएको, मुखबाट रगत बगेको, गला कस्सिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको सीताका भाइ सुरजले बताए ।आन्दोलन नरोकिएपछि प्रहरीले मृतकका श्रीमान टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई नियन्त्रणमा लिएको छ ।


घटना हुनु अघिल्लो दिन ज्वाई टीका पौडेलले आफ्नो घरमा आएर अब ‘छोरीको भविष्यको आफैं व्यवस्था गर्नु’ भनेर गएको सीताका बाबु हरिप्रसाद भण्डारीको दावी छ ।डीएसपी मदन कुवँरले भने आफूहरूले अनुसन्धान गरिरहेको र पीडितको आशंका सही नरहेको दावी गरे । २७ वर्षीया सीताको ४३ वर्षीया टीकासँग दुई वर्षअगाडि मागी विवाह भएको थियो ।यसअघिकी श्रीमतीसँगको सम्बन्धविच्छेदपछि टीकाले दोस्रो विहे गरेका थिए । टीकाले पाल्पाको तानसेनमा ‘दी दरबार रिसोर्ट’ नामको होटल सञ्चालन गर्दै आएका छन् ।


सीता भण्डारीका बुबा हरिप्रसाद भण्डारीले छोरीका परिवारको योजनामा आफ्नो छोरीले ज्यान गुमाउनुपरेको बताउनुभएको छ। परिवारले योजनावद्ध रुपमा आफ्नो छोरीको हत्या गरे पनि प्रहरीले घटनालाई सत्यतथ्य छानविन नगरी लुकाउन खोजिरहेको भन्दै सीताका आफन्त तथा महिला अधिकारकर्मीहरुले उनको घर अगाडि विरोध प्रदर्शन गरेका हुन।मणिग्राम चोकमा बाक्लो रुपमा प्रहरी परिचालन गरिएकोमा सीताका माइती पक्ष तथा स्थानियले विभिन्न नारासहितका प्ले कार्डसहित सीतालाई न्याए दिलाउन माग गरेका हुन । 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण