उद्यमशिलता विकास तालिम सम्पन्न
उद्यमशिलता विकास विषयक ७ दिने तालिम बुटवलमा सम्पन्न भएको छ । तालिम सिप परियोजनाा अन्तर्गत साना किसान विकास लघुवित्त वित्तिय संस्थाको आयोजना , औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठानको सहकार्य र UK AIDको आर्थिक सहयोगमामा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षकद्वय अमिर लामा र इश्वरी प्रसाद शर्माले तालिम सिक्ने र सिकाउने प्रक्रिया भएकाले आफूले पनि धेरै कुरा सिक्ने मौका पाएको साथै प्रशिक्षार्थीको जोश, जाँगर र क्रियाशिलताले गर्दा नै तालिम सफल रुपमा सम्पन्न भएको र यसको नतिजा भने तालिममा सिकेका कुरा लागू गरेपछी मात्र थाहा हुने बताउनुभएको थियो ।
त्यसैगरी समापन कार्यक्रमका अध्यक्ष तथा सानाकिसान विकास लघुवित्त वित्तिय संस्था लि. इलाका कार्यालय बुटवलका प्रबन्धक गणेश प्रसाद भट्टराईले क तालिममा सिकेका कुराहरु अक्षरस पालना सफल उद्यमी बन्न सकिने र यो तालिम वैदेशिक रोजगारबाट फर्केका र नेपालमा नै उद्यम गरेर बसेकाहरूका लागि कोशेढुङ्गा साबित हुने कुरामा जोड दिनुभएको थियो ।
तालिमको मुख्य उद्देश्य बैदिशिक रोजगारबाट फर्केका र नेपालमा नै ब्यबसाय गरिरहेका साना किसान कृषि सहकारी संस्था लि. का शेयर सदस्य वा शेयर सदस्यका परिवारलाई उद्यम गर्न प्रेरीत गर्नु र उद्यमशिलता विकासको बारेमा जानकारी दिनु रहेको सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
तालिममा साना किसान विकास लघुबित्त बित्तिय संस्था लि. इलाका कार्यालय बुटवल अन्तर्गतका रुपन्देहीका ९ वटा साना किसान र नवलपरासीका ९ वटा साना किसानबाट ३६ जना सहभागीहरुको सहभागीता रहेको थियो ।
तालिममा औद्योगिक ब्यबसाय बिकास प्रतिष्ठानकाका प्रशिक्षक अमिर लामा ,इश्वरी प्रसाद शर्मा ,राम प्रसाद तिवारी र यमकुमारी आचार्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो भने साना किसान विकास लघुबित्त बित्तीय संस्था केन्द्रीय कार्यालयको प्रतिनिधि अम्बिका न्यौपाने लगायतले आफ्नो भनाई राख्नु भएको थियो साथै सहजीकरण सिप परियोजनाका फिल्ड संयोजक महेन्द्र क्षेत्रीले गर्नुभएको थियो ।