गृहपृष्ठ » मनोरञ्जन`वेलकम ब्याक`को नपत्याउदो कमाई

`वेलकम ब्याक`को नपत्याउदो कमाई

September 10, 2015३०६ पटक

फिल्म ‘वेलकम’को सिक्वेल ‘वेलकम ब्याक’ले भारतको बक्स अफिसमा नपत्याउदो कमाई गरिरहेको छ । सन् २०१५ बलिउडका लागि फापिरहेको समयमा यो फिल्मले पनि ४ दिनमा राम्रो कमाई गरेको हो ।
अनिल कपुर, नाना पाटेघर, जोन अब्राहिम लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले ४ दिनमा ५८ करोडको व्यापार गरेको छ । यो कमाइलाई सुखद मान्न सकिन्छ । ‘वेलकम’का अक्षय कुमार र कट्रिना कैफ ‘वेलकम ब्याक’मा नभएकाले पनि फिल्मको व्यापार कमजोर हुन्छ भन्ने अड्कल थियो । तर, कमेडी जनराको यो फिल्मले सय करोडको कमाई पार गर्ने संकेत दिएको छ ।
पहिलो हप्ता फिल्मको कमाई ७५ करोडमा पुग्ने अड्कल विश्लेषकहरुको छ । तर, अर्को साता सलमान खान निर्मित फिल्म ‘हिरो’ र त्यसको एक सातामा फिल्म ‘कट्टी बट्टी’ प्रदर्शनमा आउन लागेकाले पनि ‘वेलकम ब्याक’लाई घाटा पर्ने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण