फेसबुकमा रमाउने नीता र आमेष

नीताले फिल्म नगरिमा आफ्नो साथी नै नभएको बताएकी पनि छिन् । उनका केही प्रदर्शन हुन लागेका फिल्म मात्र लाइनमा छन् । यसैले पनि नीता र आमेषले धेरै समय एकसाथ बिताउने गरेका छन् ।
फेसबुकमा नीता र आमेषले एक अर्कालाई मिस गरेको देखि थुप्रै कुरा एक अर्काको बिषयमा लेख्छन् । दैनिकजसो यो जोडीको नयाँ तस्बिर फेसबुकमा अपडेट भएको पाइन्छ ।
कलाकारहरुले प्रेमको कुरा गोप्य राखेपनि नीता र आमेषले भने यो काम गरेनन् । ‘फूलै फूलको मौसम तिमीलाई’ जोडीको यो प्रेम आशक्तीलाई उनीहरुको फ्यानले पनि आ आफ्नै तबरले लिएका छन् ।