गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारजापानमा बाढी, ९० हजार मानिस घर छाड्न बाध्य

जापानमा बाढी, ९० हजार मानिस घर छाड्न बाध्य

September 10, 2015२८९ पटक

भाद्र २४
जापनको उत्तर पुर्वी क्षेत्रमा आएको बाढि र पहिरोका कारण ९० हजार मानिस घर छाड्न बाध्य भएका छन् । राजधानी टोकियोको उत्तरी शहर जोसो, इवाराकी तथा टोचिगी शहर बाढी र पहिरोबाट सवैभन्दा बढि प्रभावित भएको विविसीले जनाएको छ । १ सय २५ किलोमिट प्रतिघण्टाका बेगमा आएको इटुवा नाम गरेको आधिबाट एक जना बेपत्ता भएको र १२ जना घाइते भएको समाचारमा जनाइएको छ । बस्ती डुवानमा परेपछि घरको छतछतमा बसेका मानिसहरुलाई हेलिकप्टरबाट उद्धार गरि सुरक्षीत ठाउमा लगिएको छ ।किनुगवा नदिको बाढिका कारण सो क्षेत्र आसपासका घर तथा सवारीसाधनहरु बगाएको जनाइएको छ ।
प्रधानमन्त्री सिन्जो अवेले उद्धार तथा राहतको कार्य चुस्त दुरुत बनाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण