प्रहरीलाई डेरा नदिन आन्दोलनकारीको उर्दी
काठमाडौं – आन्दोलनका क्रममा ज्यान गुमाउने आन्दोलनकारीलाई पछि बन्ने प्रदेश सरकारले ५० लाख दिने घोषणा गरेको संयुक्त मधेसी मोर्चाले रौतहटका प्रहरीमाथि आक्रमण केन्द्रित गरेको छ । मोर्चाले सामाजिक रुपमा बहिष्कार गर्न र सुरक्षाकर्मीलाई डेरासमेत नदिन घरधनीलाई आग्रह गरेको छ ।
मोर्चामा आवद्द विभिन्न दलले विज्ञिप्ति निकालेर जिल्लाभर असहयोग आन्दोलन थालेको जनाएको छ । संघीयताको सीमांकनको विषयलाई लिएर मोर्चाले रौतहटमा २४ दिनदेखि आन्दोलन गर्दै आइरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।