गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, स्वास्थ्यआर्थिक मन्दीको चपेटामा गुज्रदै झन्डै नौ लाख नेपाली ।

आर्थिक मन्दीको चपेटामा गुज्रदै झन्डै नौ लाख नेपाली ।

September 11, 2015५८५ पटक

kuala-lumpur-petronas-tower1सुसान आचार्य /उज्यालो लालटिन मलेसिया भदौ २५
नेपालमा देखियको राजनीतिक अस्थिरता ,गरिबी तथा नाजुक आर्थिक अबस्थाबाट केहि हदसम्म माथि उठि आफ्नो र आफ्नो परिबार को गुजारा चलाउने मिठो सपनी लियर लाखौं ऋण काटेर मलेसियामा आफ्नो श्रम बेच्न आइपुगेका लाखौं लाख नेपाली अन्ततःमलेसियामा देखियको आर्थिक मन्दिको चपेटामा गुज्रन बिबस भयका छन ।
२०१५ को सुरुवाती संगै ओरालो लागेको बिनिमय दर संग जसोतसो चुनौती गर्दै आफ्नो मन बुझाउदौ आयका नेपाली अब भने मलेसियामा काम नै गर्न नसक्ने अबस्थामा पुगेका छन ।मासिक नौ सय रिङ्गेट बेसिक तलब तोकियर आयका भय पनि भने अनुसार तलव नपाई उसै पिडा मा रहेका कयौ नेपाली केहि महिना अधिबाट मलेसिया सरकारले लागू गरेको नया सरकारी कर (GST )बाट झन मारमा परेका थिय ।दैनिक उपभोग्य बस्तुमा झन्डै ६%सरकारी कर वृद्धि गरेसङै मासिक कमाइ बाट घर खर्च चलाउन सम्म धौधौ परेका कयौ मलेसियामा कार्यरत नेपाली अन्तत बिगतका केहि महिना बाट निरन्तर ओरालो लागेको बिनिमय दर बाट निकै ठुलो समस्यामा परेका छन ।खाडी मुलुक हरुमा सबैभन्दा बढी नेपाली कार्यरत मलेसियामा देखियको आर्थिक बिनिमय दरको राहस बाट लाखौं ऋण गरि आयका नेपाली लाई आफ्नो परिबार पाल्न सम्म नसक्ने बनायको बताउछन् अधिकाम्स नेपाली ।मलेसियन सरकार का प्रधानमन्त्री बाट भएको चरम भ्रष्टाचार र अनियमिता संगै देखियको आर्थिक मन्दी बिस्तारै उद्योग धन्दा र आप्रवासी कामदार मा ठुलो समस्याको रूपमा देखिन थालेको छ ।
करिब दुई बर्ष अघि सेक्युरेटि कामका लागी मलेसिया आइपुगेका सिन्धुपाल्चोक का राजु ढुङ्गाना भन्छन् :”स्वदेश जाउ देश बलेको छ बिदेश बसौ मन जलेको छ “अब कसो गरौ ..?पुर्ब जनमुक्ति सेना समेत रहेका ढुङ्गाना भन्छन् मासिक कमाइबाट अब घर खर्च पनि नचल्ने भयो ।फ़ेरि यस्तो अबस्थामा समेत आफुले चाहेर नेपाल जान नसकिने उनी बताउँछन कम्पनी बाट जादा तीन हजारौं रिङ्गेट माग्छ बाहिरबाट जाउ पासपोर्ट पनि हुदैन अनि हजारौं खर्च हुन्छ ।अब यस्तो अबस्थामा नेपाल सरकार र नेपाली दूतावास नै कृयासिल भयन लाग्नुपर्ने उनको भनाइ छ ।चोरी लूटपाट ,हत्या बलात्कार ,र सारिरिक मनसिक यातना बाट ग्रसित लाखौ नेपाली को अबस्थामा ध्यान नदिइ ।बिना भर्पर्दो श्रम नीति नेपाली कामदार मलेशिया पठाइ रहनुले लाखौ युवा पुस्ताको भबिस्य अन्धकार हुने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण