गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यप्रेमिकालाई भेट्न पारस लाओस पुगे

प्रेमिकालाई भेट्न पारस लाओस पुगे

September 11, 2015२५७ पटक

parash-shah२५ भदौ, काठमाडौं । पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको लाओस पुगेका हुन् ।

उनी त्यहाँ पुग्नासाथ उनी थाई प्रेमिका कन्निका पारसलाई भेट्न लाओस पुगेकी थिइन् । पारसलाई भेटेर पुनः थाइल्यान्ड फर्कने क्रममा थाई प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको नेपाल समाचारपत्रमा खबर छ ।

पूर्वयुवराज पारस र कन्निकाबीच थाइल्यान्डको फुकेटमा घटेको घटनाको मुद्दा अझै किनारा नलागेकाले सोही घटनाको बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण