करेन्ट लागेर एक बालकको मृत्यु
भदौ २५ गते ।।
महोत्तरीको सदरमुकाम जलेश्वरमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१० सारी बस्ने ललन झाको छोरा १४ वर्षीय अभिषेक झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गएराति आफ्नै कोठाको बत्ती बिग्रेर आफँै बनाउन खोज्दा अभिषेकको करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक नरेश महतोले बताउनुभयो । बालकको शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।