गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, समचारसबारीको नयाँ भाडा आजबाट लागु

सबारीको नयाँ भाडा आजबाट लागु

September 11, 2015४६० पटक

भदौ २५ गते ।।

सार्वजनिक गाडीमा घटेको भाडादर आजदेखि लागू भएको छ । पेट्रोलियम पदार्थको भाउ घटेपछि सरकार र यातायात व्यवसायीबीचको सहमतिमा भाडा समायोजन गरिएको हो ।
यात्रुबाहक बसमा २ दशमलब २२ प्रतिशत, ट्याक्सीको १ दशमलव ६३ प्रतिशत, तराईमा चल्ने मालबाहक ट्रकमा ३ दशमलब ४५, पहाडमा चल्ने ट्रकमा ३ दशमलव १० प्रतिशत भाडा घटाइएको छ । नयाँ भाडादर अनुसार काठमाण्डू उपत्यकाको न्युनतम भाडा अब १३ रुपैयाँ हुन्छ । तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी या प्रहरीलाई जानकारी गराउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण