सबिधानको प्रक्रिया रोक्ने की नरोक्ने भन्नेमा दलहरुको अलमल
भदौ २५ गते ।।
तराईमा लामो समयदेखि आन्दोलन भईरहेकाले संविधान निर्माणको प्रक्रिया अगाडी बढाउने की नबढाउने भन्ने विषयमा प्रमुख दलहरु भित्रै चर्को मतभेद देखिएको छ।
दलहरु भित्रको मतभेद न्युन नभएसम्म आज हुने भनिएको मतदान प्रक्रिया पनि नहुने संभावना रहेको छ ।
कतिपय सभासद्हरुले आफ्नो पार्टीको निर्णय विपरित मतदान गर्ने बताउदै आएकाले मतभेद न्युनीकरण नगरीकन मतदान नहुने देखिएको हो ।
नेपाली काँग्रेसमा मधेशी तथा केही प्रभावशाली नेताहरु नै अहिले प्रक्रिया रोक्नु पर्ने पक्षमा स्पष्टसंग देखिएका छन् ।
नेकपा एमाले भित्र केही नेताहरु भित्र भित्रै असन्तुष्ट देखिएका छन् भने एकिकृत माओवादीमा पनि वरिष्ठ नेता डा. वावुराम भट्टराई पक्ष केही दिन प्रक्रियालाई रोक्नु पर्ने पक्षमा छ भने अध्यक्ष पुष्पकमल दाहाल पक्ष प्रक्रियालाई अगाडी बढाउनु पर्ने अडानमा रहेको छ ।