तल्लो मोदी जलबिद्युत आयोजनाको काम तिब्र ।।
पर्वतमा तीन वर्ष अघिदेखि निर्माणको चरणमा रहेको २० मेघावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने गरि काम अघि बढेको छ । २०६९ असारदेखि शुरु भएको आयोजना आउ“दो दुई वर्षमा उत्पादन दिने गरि काम अघि बढेको आयोजनाले जनाएको छ । आयोजनाका सिभिल इन्जिनियर आशिष गौतमका अनुसार टनेल र बा“ध निर्माणको काम तिब्र रुपमा अघि बढेको छ । तीन अर्व ६० करोडको लागतमा शुरु गरिएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।