कारको ठक्करबाट उद्धारमा खटिएका प्रहरी जवानको ज्यान गयो ।।
दाङ, २५ भदौ
दाङको लमहीमा कारले ठक्कर दिदा सुरक्षामा खटिएका एक जना प्रहरी जवानको ज्यान गएको छ । अर्का प्रहरी जवान गम्भिर घाइते भएको वडा प्रहरी कार्यालय लमहीले दिएको छ मृत्यु हुनेमा सल्यानको लुहाम इलाका प्रहरी कार्यालयमा दरबन्दी भइ हाल वडा प्रहरी कार्यालय लमहिमा कार्यरत प्रहरी जवान डुरुवा गाविस ९ निबासी करीब २७ बर्षका जितराम चौधरी रहेको प्रहरी निरक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिनुभयो । गम्भिर घाइते भएका राजपुर ५ निबासी चन्द्रबहादुर भण्डारीको बुटवलमा उपचार भइरहेको छ । तिब्रगतिमा आइरहेको बा १० च ५२३१ नम्बरको कारले सडक देखी ४ फिट टाढा छेउमा गएर प्रहरी जवानलाई ठक्कर दिएको थियो । सडकमा गुडीरहेको रा २ प ४३७३ नम्बरको मोटरसाइकल चालकलाई अज्ञात समुहले ढुङ्गाले हान्दा लडे पछि प्राथामिक उपचार गर्ने क्रममा कारले ठक्कर दिएको थियो । ठक्कर दिने कार चालक सतबरिया ३ कप्तानगंजका चन्द्रबहादुर चौधरीलाई प्रहरीले आज विहान पक्राउ गरेको छ । गएराति १२ बजे प्रहरी जवानलाई ठक्कर दिए लगत्तै चालकले कारलाई लमही १० देउपुरमा लगेर लुकाएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीनिरीक्षक शाहीले जानकारी दिए ।।