गृहपृष्ठ » मुख्य समाचार, समचारबन्दको विरोधमा विराटनगरमा मोटरसाइकल र्‍याली

बन्दको विरोधमा विराटनगरमा मोटरसाइकल र्‍याली

September 11, 2015१५८ पटक

२५ भदौ, विराटनगर । मोरङको विराटनगरमा युवाहरुले बन्दको विरोधमा मोटरसाइकल र्‍याली निकालेका छन् । देशभक्त युवासंघको ब्यानरमा युवाहरुले र्‍याली निकालेका हुन् ।

जिल्ला प्रशासन कार्यालय अगाडिबाट निकालिएको र्‍याली नगरका बिभिन्न क्षेत्र परिक्रमा गरी बरगाछी चोकमा पुगेर समापन भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘बन्द हड्ताल फिर्ता गर’, ‘शान्तिपूर्वक बाँच्न देऊ’ लगायतका नारा लगाएका थिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण