मानव प्रजातिको नयाँ जीव पत्ता लाग्यो
२५ भदौ, काठमाडौं । बैज्ञानिकहरुले मानव प्रजातिको नयाँ सदस्य पत्ता लगाएका छन् । दक्षिण अफ्रिकाको एउटा अन्धकारमय गुफामा भेटिएको हड्डीको थुप्रोबाट उनीहरुले यो रहस्योद्घाटन गरेका हुन् ।
उक्त हड्डी मानिसको जस्तै तर अझ पुरानो भएको पाइएपछि बैज्ञानिकहरुबीच आश्चर्यको तरंग फैलिएका थियो । यसबाट केहि प्रश्नहरु पनि खडा भएको छ । ती हड्डीहरु कति पुराना हुन् ? साँढेँ सात इन्चको मात्रै दुलो भएको त्यति अनकन्टार र साघुरो ओडारमा ती हड्डी कसरी थुपि्रए ?
जोहनसवर्गबाट ३० माइल उत्तरपुर्वमा रहेको सो स्थानमा पत्ता लागेको जीवलाई अन्वेषकहरुले होमो नेलेदी (ने-ले-दी) नाम दिएका छन् । ठाडो उभिएर हिँड्ने ठानिएको उक्त जीवमा मिश्रित विशेषताहरु पाइएको छ । उदाहरणका लागि हात र खुट्टा मानिसहरुको जस्तै देखिन्छ तर काँध र मस्तिस्कको भागले भने मानिसका पुर्खाहरुको याद दिलाउँछ ।
अनुसन्धानमा संलग्न विनिभर्सिटी अफ विटवाटरस्ट्यान्डका प्रोफेसर ली बर्गरले यो अस्थिपञ्जर २४ लाख देखि २८ लाख वर्ष पुरानो हुन सक्ने आकलन गरे । अस्थिपञ्जर कति उमेरको थियो भन्ने चाहिँ वैज्ञानिकहरुले अनुमान लगाउन सकेका छैनन् ।
नेलेदी अहिलेको मानिसै प्रत्यक्ष पुर्खा भएको दावी आफूहरुले नगरेको बर्गर बताउछन् । अनुसन्धानमा संलग्न नभएका वैज्ञानिकहरुको भनाई पनि यही नै छ । उक्त जीवन यो साँघुरो सुरुङभित्र कसरी रह्यो भन्नेबारेमा वैज्ञानिकहरुले विभिन्न अनुमान छन् ।