गृहपृष्ठ » मुख्य समाचार, समचारएस.एल.सी पुरक परिक्षाको नतिजा भदौ भित्र प्रकाशन हुने ।।

एस.एल.सी पुरक परिक्षाको नतिजा भदौ भित्र प्रकाशन हुने ।।

September 11, 2015३३८ पटक

भाद्र,२५ काठमाण्डौ
परीक्षा नियन्त्रण कार्यालयले एसएलसी पूरक परीक्षाको नतिजा भदौभित्र प्रकाशन गर्ने जनाएको छ ।
आन्दोलनले गर्दा साउन २० मा सुरु भई साउन २७ गते सम्पन्न परीक्षाको उत्तरपुस्तिका केन्द्रमा संकलन गर्न ढिलाई भएकाले नतिजा प्रकाशनमा समस्या आएको हो । नियन्त्रण कार्यालयले एक विषय र दुई विषय अनुत्तीर्णका लागि पूरक परीक्षाको अवसर दिँदै आएको छ ।
‘उत्तरपुस्तिका परीक्षणको काम धमाधम भइरहेको छ,’ नियन्त्रक द्वारेले भने,’ भरसक भदौभित्रै नतिजा सार्वजनिक गर्नेछौं । विद्यार्थीको शैक्षिक भविष्यलाई गुम्न दिने छैनौं ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण