गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारगाविसबाट कर्मचारी पलायन हुँदै

गाविसबाट कर्मचारी पलायन हुँदै

September 12, 2015१७० पटक

२६ भदौ, कैलाली । थरुहट/थारुवान पक्षको धम्की र दबाब तथा कर्फ्यू र दंगाग्रस्त क्षेत्रका कारण कैलालीका धेरै गाउँ विकास समितिबाट सचिव तथा कर्मचारी पलायन भइरहेका छन् ।

सात भदौको टीकापुरको हिंसात्मक घटना र त्यसपछि लागू भएको कर्फ्यू आदेश तथा आन्दोलनरत थरुहट पक्षको धम्कीका कारण काम गर्ने वातावरण नभएको भन्दै अहिलेसम्म कैलालीका ११ गाविससचिव सदरमुकाम धनगढी सरेको राजधानीमा खबर छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सात भदौको टीकापुर घटनापछि टीकापुर नगरपालिकासहित ९ गाविसलाई दंगाग्रस्त क्षेत्र घोषणा गरी कर्फ्यू लगाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण