गृहपृष्ठ » मुख्य समाचार, समचारपाँच महिना देखि अध्यारो लाप्राक

पाँच महिना देखि अध्यारो लाप्राक

September 12, 2015२२९ पटक

भूकम्पपछि गएको पहिरोले लघुजलविद्युत् आयोजना बिग्रेपछि पाँच महिनादेखि गोरखाको लाप्राक गाउँका स्थानीयवासी विद्युत् सेवाबाट बन्चीत भएका छन् । विद्युत् अवरुद्ध भएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी सुन्न, कुटानीपिसानी मिल सञ्चालन गर्न नसकिएको स्थानीयवासी धनबहादुर गुरुङले गर्नुभयो ।
लिसाङ खोला लघुजलविद्युत् आयोजना पहिलो र दोस्रो अवरुद्ध भएर विद्युत् नहुँदा विद्यार्थीहरु पनि प्रभावित भएका छन् । भूकम्पपछि लाप्राकीहरु गाउँ छाडेर गुप्सीपाखा खर्कमा अस्थायी टहरोमा बस्दै आएका छन् ।
जिल्ला बिकास समिति गोरखाअन्तर्गतको वातावरण तथा ऊर्जा शाखाका प्रमुख कुलराज चालिसेका अनुसार भूकम्पले अवरुद्ध बनाएको लघुजलविद्युत्को मर्मतका लागि बजेटको अभावरहेको बताउनुभयो । लाप्राकमा ५९५ वटा टहरोमा स्थानीयवासी बस्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण