गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचारशिशु मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना विस्तार गर्ने कार्य सुरु

शिशु मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना विस्तार गर्ने कार्य सुरु

September 12, 2015३५५ पटक

बागलुङमा मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन मोबाइल प्रविधिको परियोजना विस्तार गर्ने कार्य सुरु भएको छ ।
देशमै पहिलो पटक चार गाविसमा लागू गरिएको ‘नमुना परियोजना’ सफल भएपछि सबै गाविसमा पु¥याउन लागिएको हो । ‘मेडिक’ मोबाइलको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकारले परियोजना सञ्चालन गरेको हो । पैंयूपाटा, नारायणस्थान, अमलाचौर, पाला, मालिका, भकुण्डे, सिगाना, बिहुँ, भीमापोखरा, तङ्ग्राम, लहरेपिपल र मूलपानीमा परियोजना लागू भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
गर्भवती भएदेखि सुत्केरी भएको २८ दिनसम्मका महिला र नवजात शिशुको स्याहार र स्वास्थ्य जाँचमा सघाउ पु¥याउन ‘मेडिक मोबाइल’ परियोजना ल्याइएको हो । सुरक्षित मातृत्वका लागि सूचनाको सही व्यवस्थापन र अभिलेखन प्रणाली प्रभावकारी देखिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले उल्लेख गर्नुभयो ।
५९ गाविसमा रहेका ९ सय ५० महिला स्वयम्सेविका र ६१ वटा स्वास्थ्य संस्थालाई स्वतः सन्देश लेनदेन गर्ने ‘सफ्टवेयर’ जडित मोबाइल वितरण गर्न लागिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण