गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारमक्कामा ठूलो दुर्घटना, कम्तीमा १ सय ७ जनाको मृत्यु

मक्कामा ठूलो दुर्घटना, कम्तीमा १ सय ७ जनाको मृत्यु

September 12, 2015३२१ पटक

crane

साउदी अरबको मक्का शहरमा भएको एक दुर्घटनामा कम्तीमा १ सय ७ जनाको मृत्यु भएको छ । विश्वभरका मुस्लिमहरुको पवित्र शहर मक्कामा हज गर्न गएका व्यक्तिहरुमाथि क्रेन खस्दा अरु २ सय ३० जना घाईते भएका छन् ।
मक्कामा रहेको अल हरम मस्जिदको छतमा रहेको क्रेन हिजा खस्दा हजमा गएका व्यक्तिहरु त्यसको चपेटामा परेका थिए । साउदी अरबको नागरिक सुरक्षा विभागका अधिकारीहरुका अनुसार तिब्र गतिको हावा र वर्षाका कारण छतको क्रेन खसेको थियो । क्रेन खसेर मस्जिदको छत भत्काएको थियो ।
अधिकारीहरुले कसरी यस्तो हुन पुग्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएका छन् । सामाजिक संजालहरुमा पोष्ट गरिएका फोटाहरुमा भवन निर्माणका प्रयोग गरिने रातो रंगको ठूलो क्रेन मस्जिदको छतमा खस्दा मस्जिद भत्केको दृष्यहरु देखिएका छन् । तीर्थालुहरु नमाजमा व्यस्त रहेका बेला उक्त क्रेन मस्जिदको छत तोडेर भित्रसम्म पुगेको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण