तिज पर्ब मनाईदै ।।
भदौ ३० गते ।।
नेपालीहरूको महान चाड हरितालिका तीज आज देश तथा विदेशमा बस्ने नेपालीहरुले धुमधामकासाथ मनाउदै छन् । आज पशुपतिनाथ देखि देशभरीका शिवलायमा हिन्दु नारीहरुको ठुलो संख्यामा घुइँचो लागेको छ । आज वामी १ पल्टार, वामी मैदानमा रहेको शिबालय मन्दिर लगायतका बिबिभन्न स्थानमा भब्य पुजा तथा नाचागान कार्यक्रम भएका छन । तीजको अघिल्लो दिन दरखाने र अर्काे दिन ब्रत बसी तीज मनाउने प्रचलन रही आएको ज्योेतिष पण्डित माधवप्रसाद सापकोटाले बताउनुभयो ।
भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ ।
तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो ।
प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो ।
तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस दिन महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ । तिजको बेलामा आउने गित सगिंतहरुले खल्लोपना दिन थालेको बिभिन्न बिश्लेषहरुले बताउने गरेका छन ।