संविधान जारी भएको एक सातामै नयाँ प्रधानमन्त्री!
संविधान जारी भएको एक साता भित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र उपसभामुख र एक महिनाभित्र राष्ट्रपतिको निर्वाचन हुने भएको छ।
संविधानको विधेयकको भाग ३५ को संक्रमणकालिन व्यवस्थामा धारा २९१ को उपदफा २, धारा २९२ को उपधारा २ र धारा २९३ को उपधारा २ को अनुमोदन भएपछि संसदको अधिवेशन चालु रहेको अवस्थामा उक्त प्रावधान अनुसार प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिको चयन परिवर्तित संसदले गर्ने छ।