सिराहामा नेपाली सेनाको ट्रक दुर्घटना, दुई जनाको मृत्यु ६ गम्भीर
पूर्वपश्चिम राजमार्गको सिराह कसहामा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा दुई जना सेनाको ज्यान गएको छ।
लाहानस्थित खाद्यसंस्थानबाट सिराहा कारागार जाँदै गरेको सिराहाको चोहरवाको नयाँ गोरखगणको ट्रक दुर्घटना भएको हो। उक्त घटनामा अन्य ६ जना सेना गम्भीर घाइते भएका छन्।
घाइतेको लाहानस्थित सप्तऋषि अस्पताल र राउस्मार अस्पतालमा उपचार भइरहेको छ। उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले जानकारी दिए।
विश्वकर्माका अनुसार मृत्यु भएका सेनाहरूको पुष्टी भएको छैन।