राष्ट्रिय लिग: सुदुरपश्चिमसँग लुम्बिनी ३-१ पारजित
राष्ट्रिय लिग फूटबलमा बुधबार सुदुरपश्चिम फूटबल क्लबले लुम्बिनी फुटबल क्लबलाई ३(१ले हराएको छ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा २४ औं मिनेटमा अग्रता लिएको लुम्बिनीले मध्यान्तर पछि अग्रता जोगाउन नसक्दा महत्वपूर्ण ३ अंक गुमायो। कमल श्रेष्ठको गोलसँगै लुम्बिनीले अग्रता लिएको थियो।
सुदुरपश्चिमका लागि ५२ औं मिनेटमा विमल घर्तीमगरले पेनाल्टीमार्फत गोल गर्दै खेल १(१को बराबरीमा ल्याएका थिए।
८४ औं मिनेटमा सुदन थापा र ९० औं मिनेटमा दिनेश राजवंशीले गोल थप्दै सुदुरपश्चिमको ३(१को जित निश्चित बनाए।