गृहपृष्ठ » अार्थिक, पत्रपत्रीका, मुख्य समाचार, स्वास्थ्यआम्दानीको स्रोत बन्दै डालो-नाङ्लो

आम्दानीको स्रोत बन्दै डालो-नाङ्लो

September 17, 2015४७५ पटक

३० भदौ, तेह्रथुम । तेह्रथुमको खाम्लालुङका स्थानीयले बाँसको चायाबाट नाङलो र डालो बुनेर राम्रो आम्दानी गर्दै आएका छन् ।

उनीहरुको नाङलो र डालो आम्दानीको स्रोत बनेको छ । सयभन्दा बढी घरधुरीमा परम्परागत किसिमको नाङलो डालो बुनेर घरखर्च धान्दै आएको स्थानीय पूर्णबहादुर लिम्बु बताउँछन् । यो उनीहरुको पुख्र्यौली पेशा नै बनेको कारोबार दैनिकमा खबर छ ।

गाउँघरमा उपलब्ध हुने बाँस र मालिङ्गोको चोयाबाट बनाइएको नाङ्लो र डालो बेचेरै छोराछोरी पढाइका साथै घरखर्च गर्ने गरेको लिम्बुको भनाइ छ ।

खाम्लालुङ गाविसका नौ वटै वडाका सयभन्दा बढी घरधुरीले नाङ्लो डालो बनेर आएको आम्दानीबाटै जिविकोपार्जन गरेका छन् । ब्यवसायलाई अझ परिमार्जित गरी उद्योगकै रुपमा सञ्चालन गर्ने क्रम पनि बढेको छ ।

वर्षौदेखि आफ्ना पूर्खाहरुले दिनभरको मेलापातपछि थकाइ मेटानसँगै घरमै बसेर बसिबियालोसँगै आयआर्जन गर्ने गरेको नाङलो डालो बुन्ने चलन पछिल्लो पुस्तासम्म आयपुग्दा ब्यवसायिक बन्दै गएको हो । घाम, पानी र झरी परेको समयमा पनि घरभित्रैबसेर काम गर्न सकिने भएकाले अन्य ब्यवसायको तुलनामा सजिलो मानिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण