तराई आन्दोलनबारे यसो भन्छन् भारतीय राजदूत
काठमाण्डु,३१ भदौ – भारतीय राजदूत रन्जित रेले तराईमा जारी हिंसाप्रति आफ्नो चासो प्रकट गरेका छन् । उनले संविधान निर्माण प्रक्रियामा संलग्न सरोकारवालासँग ‘अधिकतम लचकता’ अपनाउन र भविष्यमा अस्थिरताको स्थिति देशमा आउन नदिन आग्रह समेत गरेका छन् ।
संविधानसभाले असोज ३ मा जारी गर्ने गरी संविधानका धाराहरू पारित गरिरहेकै बेला रेले भारतको चासो प्रकट गरेका हुन् । समयमै नयाँ संविधान कार्यान्वयनका निम्ति सबैलाई यसको अंग बनाएको हेर्न भारतले चाहेको उनले बताए ।
नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतको निरन्तर सहयोग रहने दृढता व्यक्त गर्दै रेले समाधान हुन नसकेका विषयलाई निरन्तर संवादमार्फत् समाधान गर्नुपर्ने सुझाव दिए।
नागरिक दैनिकबाट