गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारकार्यकर्ताले प्रहरी जिस्काउँदा निर्दोषको मृत्यु

कार्यकर्ताले प्रहरी जिस्काउँदा निर्दोषको मृत्यु

September 17, 2015३०५ पटक

symbolic image

भैरहवा, ३१ भदौ – संयुक्त मधेसी लोकतान्कि मोर्चाका एक कार्यकर्ताले मंगलबार साँझ प्रहरीलाई जिस्काउँदा रुपन्देहीको बेथरीमा राइफलको गोली लागेका ११ जनामध्ये एक बालकसहित पाँचजनाको मृत्यु भएको छ।

युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै हाटी १ निवासी ५० वर्षीया सौगाती मुराउको ज्यान गएको स्वाथ्यकर्मीले बताएका छन् । झडपमा चार वर्षीय बालक चन्दकुमार पटेल, गोनाहा गाविस ६ का ४५ वर्षीय विनोद लाकौल, मर्चवार बढेरिया निवासी वर्ष १३ की रञ्जनासिंह क्षेत्री, गोनाहा ६ वेथरी वर्ष ४० को राजकुमार वरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बुधबार पुष्टि गरेको छ ।
पहिला मोर्चाका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार गरी जिस्काएर भाग्दै हाटबजारभित्रको भीडमा छिरेपछि सुरक्षकर्मीहरु पनि त्यतैतिर गएर गोली ठोकेको स्थानीय प्रत्यक्षदर्शी शम्भु बानियाँले बताए ।
अन्पूर्णपोष्ट दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण