यस्तो छ नयाँ संविधान !
काठमाण्डु, ३१ भदौ – नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुने छ । यसमा ३७ भाग तीन सय आठ धारा र ९ अनुसूची छन् । नयाँ संविधानले झन्डै अढाई सय वर्षपछिको परिवर्तलाई संस्थागत गरेको छ । २०६३ परिवर्तनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र विधिवत रुपमा सुनिश्चित भएको छ । – सात प्रदेशसहितको संघीय लोकतान्त्रिक गणतन्त्र – बहुदलवादमा आधारित संसदीय शासन प्रणली –संवैधानीक राष्ट्रपति, कार्यकारी प्रधानमन्त्री –संघ, प्रदेश र स्थानीय गरी तीन तहको मूल संरचना –गाउँपालिका, नगरपालिका र जिल्ला सभाको स्थानीय तह –दुई सदनसहितको संघीय संसद् –दुई सय ७५ सदस्यीय प्रतिनिधिसभा –एक सय ६५ निर्वाचन क्षेत्रबाट एकएक प्रतिनिधि –५९ सदस्इीय राष्ट्रियसभा –एक सदनात्मक प्रदेश सभा –तीन तहको न्यायपालिका अन्नपूर्णपोस्ट् दैनिकबाट