गृहपृष्ठ » शिक्षायसरी पिउनुपर्छ दुध

यसरी पिउनुपर्छ दुध

September 17, 2015२५९ पटक

Drinking-Milk

दुध सरिरको लागि निकै पौष्टिक तथा लाभदायक पदार्थ हो । त्यसैले चाहे शाकाहारी होस् वा मांशाहारी सबै मानिसले नियमित रुपमा दुध पिउँदा जिउ स्वस्थ तथा तन्दुरुस्त बन्दछ । तर दुध पिउनुको पनि सही समय तथा तरिका हुन्छ, जो हामी कमैलाई थाहा छ । विज्ञहरुले बताए अनुसार दुध पिउने तरिका तथा समयका बारेमा केही तथ्य यस्ता छन् :

दुध सधै उमालेर मात्र पिउनुपर्छ । काँचो दुध पिउनु स्वास्थ्यका लागि उतिसारो लाभदायक हुँदैन, किनकी काँचो दुधमा विभिन्न खाले किटाणुहरु हुन सक्छन् । दुध दुहेर लामो समयसम्म नउमालिकन राखेको दुधमा बाह्य किटाणुहरुको संक्रमण हुनसक्छ । त्यसैले दुधलाई राम्रोसँग उमालेर मात्र पिउने गर्नुहोस् ।

औलो, सामान्य ज्वरो, सुख्खा खोकी, निमोनिया, शारीरिक दुर्वलता, मुटु सम्बन्धि विभिन्न खाले रोग, हड्डी तथा जोर्नी सम्बन्धि समस्या भएका रोगीहरुले औषधि सँगै दुध पिउनु लाभदायक हुन्छ । आयुर्वेदका अनुसार यी रोगमा वात तथा पित्त बढि हुन्छ, जसलाई दुधले कम गर्छ । साथै दुधले आँतलाई पनि शीतल पार्दछ । तर मोटोपन, मधुमेह, कमलपित्त, कलेजोको रोग आदि समस्या भएकाहरुको पाचन क्रिया कमजोर हुने र दुध राम्रोसँग पच्न नसक्ने हुनाले दुधको सेवन कम गर्नु राम्रो हुन्छ । दुध नपचेमा एसिडीटी, वान्ता तथा अपचको समस्या हुनसक्छ ।

ध्यान राख्नुहोस्,

  • अमिलो फलसँगै दुधको सेवन नगर्नुहोस्, यसले अपच तथा पेटको जलन हुनसक्छ ।
  • खाली पेटमा पनि दुध नपिउनुहोस् । यसले पनि पेट दुख्ने तथा अपच हुनसक्छ ।
  • रातमा भोजन गरेको एक घण्टापछि एक गिलास दुध पिउनु राम्रो हुन्छ ।
  • आयुर्वेदिक विज्ञका अनुसार दुधलाई आल्मुनियम, तामा तथा काँस र पित्तको भाँडोमा उमाल्नु राम्रो हुन्छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण