शहरका परिवारको मासिक खर्च २८ हजार, गाउँको २३ हजार !
कूल खर्चको ९२ प्रतिशत उपभोगमा
कुल खर्चको ९२.११ प्रतिशत हिस्सा उपभोगमा खर्च हुने सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार कुल खर्चमध्ये उपभोगमा २३ हजार ८८३ रुपैयाँ खर्च र २ हजार ४५ रुपैयाँ गैरखाद्यमा खर्च हुन्छ ।
प्रत्येक परिवारको मासिक आम्दानी ३० हजार १ सय २१ रुपैयाँ छ । यसै आधारमा राष्ट्र बैंकले ३६५ दिनकै खर्च विवरण संकलन गरी सर्भेक्षण गरेको हो ।
२०७० फागुनदेखि २०७१ माघसम्मको दैनिक आम्दानी र खर्चको विवरण लिइ सर्भेक्षण नतिजा तयार गरिएको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
काठमाडौंका परिवारका मासिक कमाइ ३४ हजार
काठमाडौंका प्रत्येक परिवारले औषत मासिक कमाइ ३४ हजार ४ सय ११ रुपैयाँ आम्दानी देखिएको छ । यो देशभरकै बढी हो । शहरी क्षेत्रका परिवारको आय ३२ हजार ३ सय ३६ रुपैयाँ छ ।
हिमालका परिवारको मासिक कमाइ साढे २० हजार मात्रै
हिमाली क्षेत्रका परिवारको आम्दानी सबैभन्दा कम देखिएको छ । हिमालीका परिवारको औषत आम्दानी २० हजार ७ सय ७६ रुपैयाँ छ ।
लगानीको क्षेत्र पहिचान गर्न सहयोग गर्छ : गभर्नर
पारिवारिक बजेट सर्भेक्षणको नतिजा विश्लेषण गरी लगानीका क्षेत्र पहिचान गर्न सकिने राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बताए । ‘यो नतिजाले सरकार र निजी क्षेत्रलार्इ कुन क्षेत्रमा लगानी गर्नुपर्ने अावश्यकता छ भन्ने देखाइदिएको छ ।’ उनले भने ।
पारिवारिक बजेट सर्भेक्षणले सर्वसाधारणको अाम्दानी र खर्चलार्इ अाधार मानेर कन्जम्सन प्याटन के कस्तो छ भनेर पत्ता लगाउन सकिने उनले बताए । मान्छेको बानी र सोचाइ द्रुत गतिमा परिवर्तन भएको पाइएको उनले बताए ।
उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा हुने परिवर्तनलार्इ समावेस गर्न राष्ट्र बैंकले प्रत्येक १० वर्षमा पारिवारिक बजेट सर्भेक्षण गरी उपभोक्ताको अाम्दानी र खर्चको संरचनाको नतिजा सार्वजानिक गर्दै अाएको छ । onlinekhabar