संविधान बनेको खुसीमा ओलीले सभासदहरूलार्इ लड्डु खुवाए
३१ भदौ, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान पारित भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सभासदहरूलार्इ लड्डु खुवाएका छन् ।
एमाले संसदीय दलले बिहीबार सिंहदरबारमा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा एमाले अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले एक अर्कालाई लडुडु खुवाएर खुसियाली मनाए ।
सभासदहरूलार्इ पनि लड्डु खुवाइएको छ । एमालेले संविधान जारी भएको खुसीयालीमा असोज ५ गते राजधानीको रंगशालामा बिशेष चियापान कार्यक्रम राखेको छ ।