दीपावली गरी उत्सव मनाउन एमाओवादीको अपिल
नयाँ संविधान राष्ट्रिय स्वाभिमानको विजय’
महासचिव कृष्णबहादुर महराले विहीबार वक्तव्य निकालेर असोज ३ गते दीपावली गर्न र त्यसको भोलिपल्ट हुने संयुक्त सभालाई सानदार रुपमा सम्पन्न गर्न अपिल गरेका हुन् ।
‘थारु, जनजाति, मधेसी, महिला, दलित, मुस्लिम लगायत जनताका भावना र मागलाई सम्वोधन गर्ने संकल्पको दस्तावेज नयाँ संविधान भएको छ,’ महासचिव महराले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यसलाई नेपालको राष्ट्रिय स्वाभिमानको विजयका रुपमा आत्मसाथ गर्न हाम्रो पार्टी सम्पूर्ण जनतालाई हार्दिक अनुरोध गर्दछ ।’
हेर्नुस् एमाअोवादीको विज्ञप्ति
onlinekhabar