गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारपत्रकार डेकेन्द्र हत्यामा पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला दर गर्‍यो

पत्रकार डेकेन्द्र हत्यामा पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला दर गर्‍यो

September 18, 2015२१८ पटक

१ असोज, सुर्खेत । एघार वर्षअघि माओवादीबाट हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको मुद्दामा पुनरावेदन अदालत सुर्खेतले जिल्ला अदालत दैलेखको फैसलालाई सदर गरेको छ ।

Dekendra-Thapaयसअघि जिल्ला अदालत दैलेखले अभियुक्तहरुलाई अधिकतम दुई वर्षसम्म कैद सजाय सुनाउने फैसलालाई नै पुनरावेदन अदालतले सदर गरिदिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

दुवैपक्षले पुनरावेदन गरेको यो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशद्वय रमेशराज भण्डारी र राजेन्द्र पोखरेलको संयुक्त इजलासले यसअघि जिल्ला अदालत दैलेखले गरको फैसलालाई सदर गरेको हो ।

गएको वर्ष मंसिर २१ गते जिल्ला अदालत दैलेखले डेकेन्द्रको हत्यामा संलग्न रहेको ठहर गर्दै पाँच जना माओवादी कार्यकर्तालाई कैद सजाय सुनाएको थियो ।

जिल्ला अदालतको फैसलामा अभियुक्तहरु हरिलाल पुन, निरकबहादुर घर्ती र जयबहादुर शाहीलाई दुई–दुई वर्ष कैद सजाय तोकिएको थियो ।

यस्तै माओवादी कार्यकर्ताहरु लक्षिराम घर्तीलाई एक वर्ष ६ महिना र वीरबहादुर केसीलाई एक वर्षको कैद सजाय हुने जिल्ला अदालतले फैसला गरेको थियो ।

सोही फैसलालाई पुनरावेदन अदालतले समेत सदर गरेको छ । उनीहरु सबैलाई सर्वश्वसहित जन्मकैदको माग गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण