गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचारमलेसियामा १८ जना नेपाली दुई महिनादेखि अलपत्र

मलेसियामा १८ जना नेपाली दुई महिनादेखि अलपत्र

September 18, 2015४०८ पटक

काठमाडौं, असोज १ – कम्पनीले काम नदिएपछि मलेसियामा १८ जना नेपाली अलपत्र परेका छन् । तीन महिना अघि सुरक्षा गार्डको काममा मलेसिया पुगेका उनीहरुले दुई महिना देखि काम नपाएका हुन् । malesiya(2)

कम्पनीले एक महिना काममा लगाएर तलव दिएपनि त्यसपछि काम दिएको छैन् । तीन महिनापछि मात्रै काम दिने बताएपछि उनीहरुलाई खान बस्न समस्या भएको छ । नेपाल फर्किन पनि नदिएको र आफूहरुसँग पैसा नभएपछि साथीहरुको सहयोगमा बसिरहेको गुल्मीका टोप बहादुर पुनले बताउनुभयो । घर पठाउन पनि नसक्ने वताएपछि चार दिन अघि नेपाली दुतावास मलेसियामा पुगेका उनीहरुलाई दुतावासले काम र तलवका लागि दवाव दिने बताएको थियो । तर अहिलेसम्म कुनै सहयोग नपाएपछि उनीहरु आत्तिएका छन् ।

अलपत्र पर्नेमा गुल्मीका टोपबहादुर पुन, तनहुँका लेखबहादुर थापा र मधु घर्ती, मोरङका हस्तबहादुर मगर, सिन्धुलीका मुरारी प्रसाद रिमाल, रामेछापका रामसरण खत्री, मिलनकुमार माझि, सन्तबहादुर माझि, लालु प्रसाद माझि र सन्जयकुमार माझि रहेका छन् । यस्तै संखुवासभाका गोरमान गुरुङ, सप्तरीका राजाराम मण्डल, लालु प्रसाद यादव, नरेन्द्र कुमार सिंह, भुदलाल थारु, अशोक कुमार थारु, रामप्रसाद खानाल, मित्र बहादुर रहेका छन् । उनीहरु ब्रोडवाई म्यानपावर कम्पनीबाट १ लाख ५५ हजार तिरेर मलेसियाको अरदमानसरको स्पेशल स्किल सेक्युरिटि सर्भिस एसडिएल बिएचडीमा गएका हुन् । कम्पनीले बेवास्ता गरेपछि कष्टकर जीवन बिताइरहेका उनीहरुले उज्यालो ९० नेटवर्कमा फोन गरेर नेपाल फर्काउन या काम र तलवका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण