एतिहासिक संविधान पायको खुसियालीमा प्रबासमा कार्यरत लाखौं नेपाली उत्साहित
सुसान आचार्य मलेसिया क्व्लालम्पुर, – असोज १, लामो समयको राजनीतिक अस्थिरता पछि नेपालले एतिहासिक संविधान सभाबाट जनता को म्यान्डेट लाई सस्थागत हुने गरि नयाँ संविधान देश को मुल कानुन पाउन सफल भएको छ ।हजारौं हजार सहिद ,बेपत्ता ,घाइते ,अपांग तथा लाखौं परिबर्तनगामी जन मानसको ठुलो त्याग तपस्या र बलिदान बाट अन्ततः नेपाल र नेपाली को एतिहासिक गरिमा बोकेको संविधान प्राप्त भएको छ ।जसबाट करोडौं नेपाली जनता जितको उत्सब मनाउन थालिसकेका छन । यसैबीच देसमा देखियको राजनीतिक खिचातानी बाट प्रभावित भै आफ्नो गुजारा चलाउन प्रदेशको भुमिमा श्रम बेच्न बिबस लाखौं नेपाली श्रमिक पनि यश एतिहासिक विजयको उत्सब मनाउन हौसिएका छन् ।संविधान सभाद्वारा असोज ३गते जारी गरिने नेपालको संविधान २०७२ को खुसियाली बाड्न तथा सामुहिक सहकार्यता संगै एउटा ठुलो विजयको उत्सब मनाउन यता मलेसियामा पनि नेपाल का तीन प्रमुख राजनीतिक दलका जनबर्गिय संगठन द्वारा असोज ३गते सेप्टेम्बर २० तारिख को दिन सयुत्त दिप प्रज्वलन तथा भेटघाट कार्यक्रम को आयोजना गरेका छन । ए ने क पा माओबादी निकट नेपाली जन प्रगतिशील श्रमिक मञ्च मलेसिया नेपाली काङ्ग्रेस निकट काङ्ग्रेस जन सम्पर्क समिति मलेसिया तथा ,ने क पा एमाले निकट प्रबासी नेपाली मन्च मलेसिया बाट सयुत्त रूपमा समारोह को आयोजना गरिएको जानकारी ।ए माओवादी सम्बद नेपाली जन प्रगतिशील श्रमिक मञ्च मलेशिया का अध्यक्ष प्रेम पान्डे ले दिनुभयको छ । प्रत्यक्ष कुराकानी गर्दै उहाले भन्नू भयो दस बर्सिय महान जनयुद्ध १९दिने जन आन्दोलन देखि विभिन्न चरणमा आन्दोलन बाट प्राप्त उप्लब्धिको महत्त्वपूर्ण पुरस्कर का रूपमा नेपाल संविधान २०७२ पायको बताउनु भयो ।लामो समय देखि गन्तव्य बिहिन रहेको देश लाई अब को संविधान बाट निकास र बिकास को गतिमा अधि लाने आसा गरेको उहाले बताउनु भयो ।साथै उहाले अहिलेको संविधान ले पार्टी ले उठान गरेका सम्पुर्ण मुद्दा हरु सम्बोधन नभय पनि जनता सङ गरियका प्रतिबद्धता हरु धेरै भन्दा धेरै पूरा गर्न सफल भएको जिकिर गर्नु भयो । मलेसियाको राजधानी क्वलालम्पुर नजीक होटेल ग्रान्ड कन्टिनेट्ल मा आयोजना गरिएको समारोह मा हजारौं नेपाली श्रमिक ,बुद्धि जिबि ब्यापारी विद्यार्थी,पत्रकार तथा विभिन्न सङ संगठन का प्रतिनिधी समेतको उपस्थिति रहने उहाले जानकारी दिनुभयो ।