गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारयी हुन् ‘संविधान विरोधी’ भन्दै आलोचित हुने ‘माउ’ नेता

यी हुन् ‘संविधान विरोधी’ भन्दै आलोचित हुने ‘माउ’ नेता

September 19, 2015२६९ पटक

-कृष्ण आचार्य

यतिबेला देशले नयाँ संविधान पाउन लागेको छ । आइतबार साँझ राष्ट्रपतिले संविधानको लोकार्णपन गरेपछि देशमा नयाँ संविधान जारी हुनेछ । संविधान निर्माणका क्रममा विभिन्न बाधा–अपरोधहरु आए । त्यसका बाबजुद नेताहरुले आपसी एकता र सहकार्यबाट संविधानलाई एउटा निस्चित गन्तव्यमा पुर्याए । संविधान निर्माणकै क्रममा केही नेता एकाएक हिरो बने भने केहीले आलोचना पनि खेप्नु पर्यो । अन्तिम समयमा आएर राष्ट्रपति रामवरण यादव पनि आलोचित भए । उनले मधेसीलाई नसमेटी संविधान निमार्ण प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्टि पोखे । साथै, सुवास नेम्वाङले संविधान लोकार्पणका लागि निम्तो दिदा समय नदिएको र भेटमा पनि संविधानप्रति खासै चासो नदिएको र प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा पनि राम्रो ब्यवहार गरेनन् । राष्ट्रपतिले मधेसी दलको वकालत गरेको भन्दै उनको आलोचना भयो । यसरी संविधान निर्माणको अन्तिम समयसा आलोचना खेप्ने केही नेताहरु यस्ता छन् ।
बाबुराम भट्टराईः
एमाओवादी नेता बाबुराम भट्टराई भूकम्पअघि र भूकम्पपछिको केही समय निकै चर्चामा रहे । भूकम्पपछि उनले देखाएको सक्रयता र उनका तर्कले उनलाई निकै चर्चामा ल्यायो । अबको प्रधानमन्त्री बाबुराम बन्नुपर्छ, योजना आयोगको जिम्मेवारी उनलाई दिनुपर्छ जस्ता विषयहरु सामाजिक संजालमा आए । तर, अहिले संविधान निर्माणले पूर्णता पाएसँगै उनै बाबुरामको सामाजिक संजालमा त्यत्तिकै आलोचना हुन थालेको छ । त्यसो त संविधानको मस्यौदा ल्याउनमा बाबुरामको त्यत्तिकै हात छ । तर, उनले थारु र मधेस आन्दोलनका विषयमा दिएका टिप्पणीले उनलाई उत्तिकै विवादमा तान्यो । थारु आन्दोलनलाई समर्थन, मधेसीलाई समेट्नु पर्ने विचार, भारतको वकालत गरेको भन्दै बाबुराम आलोचित भएका हुन् ।
गगन थापाः

बाबुरामसँगै अर्का नोपली कांग्रेसका युवा नेता गगन थापा पनि आलोचनाको घेराबाट टाढा रहेनन् । घैंटे हत्या प्रकरणमा चासोका साथ लागेका कारण आलोचित भएका गगन संविधान निर्माणको क्रममासमेत चोखो रहन सकेनन् । उनले संविधान निर्माणको प्रक्रिया रोक्न देखि लिएर संघीयतालाई अहिल्यै नटुंगाउनेसम्मका कुराहरु गरे । उनले र्वार्ता र सहमतिलाई अघि सार्दै संविधानलाई प्रक्रियामा लैजान नहुने धारणा राखेपछि आलोचना खेप्नु पर्यो ।

 

विमलेन्द्र निधिः
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि संविधान निर्माणको क्रममा आलोचित हुने अर्का नेता हुन् । भौतिक योजना मन्त्रीसमेत रहेका निधिले मधेसको एजेण्डा बोकेको भन्दे आलोचित हुनु पर्यो । संविधान निर्माणका लागि लागि परेका कांग्रेसकै नेता शेरबहादुर देउवा निकट रहेका विमलेन्द्रले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नुपर्छ भन्ने अभिव्यक्ति दिदै हिडे । साथै उनलाई मधेसी दलले बोकेको प्रदेशको सिमांकनको एजेण्डालाई बोकेर हिडेको आरोपसमेत लगाइएको । जसका कारण देउवाले उनलाई निकै सम्झाउन परेको थियो भने उनी यसकै कारण आलोचित हुनु परेको थियो ।

 

भिम रावलः
एमाले नेता भिम रावलले अखण्ड सुदूरपश्चिमको आन्दोलन चर्काए । साथै अखण्ड सुदूरपश्चिमको आन्दोलन चर्काएर कैलाली घटना भएको र त्यसमा उनी दोषी रहेको आरोपका कारण उनी आलोचित हुनु पर्यो । संभीयताका विषयमा अखण्डताको नारा झिकेर संविधान निर्माण प्रक्रियालाई अबरोध पुर्याउन खाजेको आरोप उनलाई लगाइन्छ ।

 

मधेसी नेताहरुः

मधेसी नेता राजेन्द्र महत्तो र उपेन्द्र यादव कैलालीमा दिएको भाषणका कारण निकै विवादमा आए । उनीहरुले खुलेआम देश टुक्राउने भाषण गरेको भन्दै अडियो टेप संसदमा समेग पुग्यो । त्यस्तै, संविधान निर्माणका अन्तिम समयमा मधेसका मुद्धा भन्दै देश विखण्डन पार्न लागेको आरोप उनीहरु माथि छ । महतले मधेसी जनतालाई उचालेर आन्दोलनमा होमेको र मधेसमा विदण्ड फैलाएको आरोप लाग्यो । उनकै कारण अन्य मधेसवादी दलका नेता पनि सहमतिमा नआएको र उनले संविधान निर्माणको प्रक्रियामा नजान चेतावनी दिएको कुराले पनि निकै चर्चा पायो । उपेन्द्र पनि महतसँगै मिलेर मधेस आन्दोलन चर्काको र संविधान निर्माणमा असहयोग गरेकका कारण आचोचित हुनु पर्यो । त्यस्तै, महन्त ठाकुर, महेन्द्र यादव पनि संविधान विरोधी नेताका रुपमा पछिल्लो समय निकै आलोचित हुन पुगे ।

 

अमरेश कुमार सिंहः
उनी आफै नेपाली कांग्रेसका एक आलोचित नेता हुन् । उनले संविधान निर्माणको बिरुद्ध खुला अभिब्यक्ति दिदै हिंडे । टिकापुरमा देश टुक्राउने भाषण गरेको आरोपबाट गज्रिरहेका उनी त्यपछि संविधानको खुलेरै बिरोध गरेपछि झनै आलोचित हुन पुगे । उनले मधेसी नेतासँग मिलेर पार्टी नीति विपरित बोलेनन्मात्र मधेसी आन्दोलनको अगुवाको रुपमै काम गरे । संविधान बिरोधि मानिएका सभासद अमरेशले एसपटक आफ्नो छबी निकै बिगारे ।
प्रभु साहः
एमाओवादी सभासद प्रभु साह पनि संविधान निर्माणको क्रममा विवादमा आउने नेतामध्ये एक हुन् । उनले अन्तिम समयमा संविधानसभामा मतदान प्रक्रियामा समेत बहिष्कार गरेका थिए । साथै प्रचण्डसँग चर्काचर्की गर्दै मधेस स्वायंत प्रदेश हुनुपर्ने कडा अभिब्यक्ति दिउका थिए । मधेस आन्दोलनमा सहयोगि बनेका उनी पनि निकै आलोचित बने ।
सुरेन्द्र चौधरीः
थारु समुदायका मुद्धा समबोधन नभएको भन्दै कडा रुपमा प्रस्तुत भएका नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरी पनि निकै आलोचित बने । कांग्रेसभित्रबाट मधेसी सभासद निकालेर मधेस आन्दोलनमा होमिने र संविधानसभामा मतदान प्रक्रियामा भाग नलिने चतावनी दिएका उनीले निकै आलोचना खेप्नु पर्यो । अन्तिम समयमा मतदान प्रक्रियामा आएका उनी भारतीय कुटनितिज्ञसँग राम्रो सम्पर्कमा हरने नेताका रुपमा रहन्छन् ।kathmandutoday.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण