गृहपृष्ठ » मुख्य समाचार, राजनीतिनेपाली नेतालाई यस्तो ‘धम्की’ दिएर दिल्ली फर्किए मोदीका दूत

नेपाली नेतालाई यस्तो ‘धम्की’ दिएर दिल्ली फर्किए मोदीका दूत

September 19, 2015१८८ पटक

काठमाण्डु, २ असोज– प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपालको पछिल्लो राजनीतिक अवस्था बुझ्न आएका भारतीय विदेश सचिव एस. जयशंकर शनिबार दिल्ली फर्किए ।

kp oli jay shankar

शुक्रबार बिहान काठमाण्डु उत्रिएका उनले दिनभर दौडधुप जारी राखे । नेपाल बसाइका क्रममा जयशंकरले राष्ट्रपति रामवरण यादवदेखि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र सिमांकनमा असहमति जनाएर आन्दोलन गरिरहेका तराई केन्द्रित दलका नेतासँग भेटवार्ता गरे ।

एमाले अध्यक्ष ओलीबाट सुरु भएको उनको भेटवार्ता साँझ प्रधानमन्त्री कोइरालालाई बालुवाटारमा भेटेपछि सकिएको थियो । हरेक भेटमा उनले नेपालको संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा भारतले भूमिका नपाएकामा असन्तुष्टि जनाएका थिए ।

दिल्लीमा भएको १२ बुँदे सहमतिबाट सुरु भएको राजनीतिक यात्राको आफूहरु एक पक्ष भएको दाबी गर्दै उनले प्रक्रियाको अन्तिम चरणमा आफूहरुलाई ‘बाइपास’ गरिएको भन्दै त्यसको परिणाम नराम्रो आउने चेतावनी नेपाली नेतालाई दिएका छन् ।

हरेक भेटमा उनले कुटनीतिक मर्यादाविपरीत नेताहरुसँग ठाडो शैलीमा प्रस्तुत भएका थिए ।

संविधान भारतले मान्दैन
जयशंकरले आमसहमतिबिना जारी हुने नेपालको संविधानलाई भारतले स्विकार नगर्ने धम्कीसमेत दिन भ्याए । नेपालको राजनीतिक नेतृत्वलाई संविधान घोषणा गर्ने सफलता मिले पनि कार्यान्यवन गर्न सजिलो नरहेको दाबी उनको छ ।

‘भारत १२ बुँदे सहमतिबाट अघि बढेको राजनीतिक प्रक्रियाको एक महत्वपूर्ण पक्ष हो’, जयशंकरको भनाइ उद्धृत गर्दै एक नेताले काठमाण्डु टुडेसँग भने, ‘भारतले मान्यता नदिएको संविधान कार्यान्यवन गरेर देखाउनुस् यो मेरो चेतावनी भयो ।’

उनले आफ्ना प्रधामन्त्री नरेन्द्र मोदीको प्रक्रिया केही समय रोकेर वार्तामार्फत मधेसीसहित असन्तुष्ट पक्षका माग सम्बोधन गरी शान्तिपूर्ण वातावरणमा संविधान जारी गर्नुपर्ने स्पष्ट सन्देश रहेको सुनाएका थिए ।

भारतले नमाने अरुले मानेको के अर्थ ?
कुराकानीका क्रममा नेपाली नेताले लोकतान्त्रिक विधिमार्फत संविधानसभाको दुई तिहाइले पारित गरेको संविधानको विश्व समुदायबाट स्वागत भइरहको भन्दै भारतबाट समेत समर्थन पाउने आशा राखेका थिए ।

तर उनले यथास्थितिमा भित्रि मनले भारतले संविधानको स्वागत गर्न नसक्ने प्रष्ट्याए ।

‘सेना परिचालन, कफ्र्यु र गोलीका बीच जारी भएको संविधानलाई भारतले समर्थन गर्न सक्दैन’, जयशंकरले भनेका थिए, ‘भारतले स्विकार नगरेको संविधानलाई विश्वका अरु सबै देशले स्विकार गरे पनि कुनै अर्थ छैन भन्ने बुझ्नुहोला ।’

prachanda-jayashankar

परिणाम भोग्न तयार रहनु
उनले धम्कीपूर्ण भाषामा आफूहरुको आग्रह अस्विकार गरेर संविधान जारी गरेपछिको परिणाम भोग्नका लागि तयार भएर बस्न नेताहरुलाई भनेका छन् ।

उनले अझै पनि संविधान घोषणाको मिति केही पर सारेर असन्तुष्ट दलका माग सम्बोधन गर्न नेताहरुलाई आग्रह गरेका थिए ।
मधेसीको एजेण्डामा समर्थन छैन
जयशंकरले खुला सिमानाका कारण भारतले राखेको सुरक्षा चासोलाई सकारात्मक रुपमा लिनुको साटो प्रमुख दलका नेताले मधेसवादी दललाई बोकेको आरोप लगाएको भन्दै आपत्ति जनाएका थिए ।

‘मधेसवादी दलका मागसँग हाम्रो कुनै सरोकार छैन’, उनले भनेका थिए, ‘नेपालको तराई क्षेत्रमा अस्थिरता हुँदा त्यसको असर बिहारदेखि उत्तर प्रदेशसम्म पर्छ, हाम्रो सुरक्षा चासोलाई मधेसी दलको समर्थनका रुपमा लिने गलत प्रवृत्ति नेपालमा छ ।’

नेपाली नेताको जवाफ
एउटै आशयको जवाफ दिएका छन् । नेताहरुले लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार दुई तिहाइको समर्थनमा संविधान पारित भएको भन्दै निर्धारित मितिमै संविधान घोषणा हुने जवाफ दिएपछि जयशंकर थप रिसाएका हुन् ।

नेताहरुले भने संविधान घोषणा भएपछि पनि संशोधनमार्फत असन्तुष्टि समाधान गर्न सक्ने ठाउँ रहेको बताएका थिए ।

– kathmandutoday.com

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण