नेपालको संविधान २०७२ आज जारी हुँदै
काठमाडौं, ३ असोज । राष्ट्रपति डा.रामवरण यादवले संविधानसभाबाट पारित भएको नेपालको संविधान २०७२ प्रारम्भ हुने भएको छ ।
संविधानसभ भवन नयाँ बानेश्वरमा आज ५ बजे हुने विशेष समारोहमार्फत राष्ट्रपति डा.यादवले नेपालको संविधान २०७२ लाई प्रारम्भ भएको घोषणा गर्नु हुनेछ ।
राष्ट्रपतिले संविधानसभामा हुने विशेष समारोहमा बाचन गर्ने पत्र सरकारले बनाइ दिनेछ । सो पत्र मन्त्रिपरिषदले अनुमोदन गरेर उपलब्ध गराउनेछ ।
आठ वर्षको लामो प्रतिक्षापछि दोस्रो संविधानसभाले नेपालको संविधान २०७२ पारित गरेको हो ।