गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीति‘अन्तिम घडीमा ठूलै संकट’

‘अन्तिम घडीमा ठूलै संकट’

September 20, 2015५१० पटक

३ असोज, काठमाडौं । संविधानसभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी हुने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ। सार्वभौम जनताको अपनत्वका लागि जनप्रतिनिधिबाट संविधान लेखिने भए पनि जारी गर्ने समयमा अल्पमतमा पर्ने पक्षले विरोध गर्ने गरेका छन्।

अमेरिका, भारत, इन्डोनेसिया, बेलिभिया, केन्या, पूर्वी टिमोर, कम्बोडिया, इरिट्रिया, दक्षिण अफ्रिका, जर्मनी, फ्रान्स, इक्वेडर, नाइजेरिया, युगान्डालगायत करिब दुई दर्जन देशमा संविधानसभा गठन भएको नागरिकमा खबर छ ।

‘कम/बेसी होला तर संविधानसभाबाट संविधान जारी हुने बेला अधिकांश देशमा विरोध भएको छ,’ अन्तर्राष्ट्रिय संविधानका ज्ञाता डा. विपिन अधिकारीले नागरिकसँग भने, ‘तर धेेरै देशमा संविधान जारी भएपछि विरोधको स्वर कमजोर भएर गएका छन्, त्यसलाई थेग्न नसकेर कतिपय देश संकटमा पनि परेका छन्।’

संविधानका ज्ञाता भीमार्जुन आचार्य थोरै देशमा मात्र देशमा संविधानसभाबाट संविधान जारी गर्ने कार्य सफल भएको बताउँछन्। उनी नेपालमा भइरहेको प्रयोग सही ठान्दैनन्। ‘नेपालमा जसरी संविधान जारी हुन लागेको छ। यो विश्वको सबैभन्दा असफल मोडल हो। त्यस्तो ठूलो संकट निम्त्याएको छ। देश विभाजनसम्मको कुरा भएका छन्,’ आचार्यले भने, ‘अहिलेसम्म चारवटा देशमा मात्रै संविधानसभाबाट संविधान आएको छ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण