गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतितराईमा नयाँ मोर्चाको तयारी

तराईमा नयाँ मोर्चाको तयारी

September 20, 2015२६२ पटक

३ असोज, वीरगञ्ज । मधेस आन्दोलनलाई निर्णायक बनाउन मधेस केन्द्रित दलका नेता नयाँ मोर्चा गठन गर्ने गृहकार्यमा जुटेका छन् ।

अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले ठूला तीन दललाई दबाब दिन नसकेको निष्कर्ष निकाल्दै मोर्चाकै एक घटक सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महतो, नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादव र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाशप्रसाद गुप्ता नयाँ मोर्चा बनाउने तयारीमा जुटेको अन्नपुर्ण पोस्टमा खबर छ ।

नयाँ मोर्चा गठनको गृहकार्यमा जेटेका तीनै नेताले वीरगञ्जमा दुई दिन गोप्य बैठक गरेका छन् । वीरगञ्जको होटल मकालुमा शुक्रबार र शनिबार दुई दिन भएको बैठकले मधेस आन्दोलनलाई निणर्ायक बनाउन नयाँ मोर्चा गठन गर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि तीनै जना नेताले संयुक्त विज्ञप्ती जारी गरी ‘मधेस आन्दोलनलाई अझ प्रभावकारी, परिणाममुखी र निर्णायक बनाउन अहिले आन्दोलनरत विभिन्न मोर्चा र संगठनको एउटै बृहत मोर्चा बनाउने सहमति भएको छ,’ भन्ने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण