गृहपृष्ठ » खेलकुद, मुख्य समाचारनेपाल ओलम्पिक कमिटीको चुनाव स्थगित

नेपाल ओलम्पिक कमिटीको चुनाव स्थगित

August 6, 2015४०४ पटक

काठमाडौं, साउन २१ – नेपाल ओलम्पिक कमिटीको चुनाव स्थगित भएको छ । चुनाव स्थगित भएपनि बिहीबार साधारण सभा भने भएको छ । तर अर्को चुनावको मिति तोकिएको छैन । ओलम्पिक कमिटिको चुनावका लागि आएका ओलम्पिक काउन्सिल अफ एसियाका प्रतिनिधि हैदर फरमानको सहमतिमा चुनाव रोकिएको हो । पुनरावेदन अदालत पाटनले बुधबार मात्र चुनाव नगर्न अन्तरिक आदेश दिएको थियो । अदालतको आदेश विपरित पनि चुनाव गराउने तयारी गरेपनि अन्तिममा चुनाव रोकिएको हो । नेपाल कुस्ती संघ, राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासंघ र नेपाल र्‍याफ्टिङ एण्ड क्यानोनिङ संघका प्रतिनिधिले ओलम्पिक कमिटिले एकलौटी रुपमा चुनाव गर्न लागेको भन्दै रिट दायर गरेपछि पुनरावेदन अदालतले बुधबार विवाद नमिलिई चुनाव नगर्न ओलम्पिक कमिटीलाई अन्तरिम आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण