गृहपृष्ठ » बिचार/ब्लग, मनोरञ्जन, मुख्य समाचार, राजनीति, विशेष, समचारयस्तो देखियो संविधानसभा परिसरको तामझाम (फोटोफिचर)

यस्तो देखियो संविधानसभा परिसरको तामझाम (फोटोफिचर)

September 20, 2015९१७ पटक

sambidhan-jari-tamjham-11काठमाडौं– नेपालको संविधान २०७२ आज जारी हुँदैछ । राष्ट्रपति रामवरण यादवले अपरान्ह ५ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा हुने विषेश समारोहकाबीच नयाँ संविधान जारी गर्दैछन् । sambidhan-jari-tamjham-1सो समारोहका लागि संविधानसभा परिसर बेहुली झैं सिंगारिएको छ भने सम्पूर्ण तयारी पनि पूरा भइसकेको छ ।
संविधान घोषणासँगै शान्ति, समृद्धि र अग्रगामी विकासको यात्रामा मुलुकलाई अग्रसर गराउने आजको ऐतिहासिक दिनले नेपालको राजनीतिक इतिहासमा नयाँ युगको यात्रा थाल्दैछsambidhan-jari-tamjham-4 र लामो राजनीतिक सङ्क्रमणको अन्त्य पनि हुँदैछ ।sambidhan-jari-tamjham-3

कतिपय पक्षहरुको विरोधका बाबजुतपनि नेपाली जनता संविधानको व्यग्र प्रतिक्षामा छन् । व्यग्र प्रतिक्षा यो मानेमा छन् कि सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानसभाबाट औपचारिक घोषणासँगै लागू हुने ‘नेपालको संविधान, २०७२ ’ले मुलुकको राजनीतिक स्थायित्व र विकासको यात्रालाई नयाँ युगतर्फ डोर्याउनेछ ।sambidhan-jari-tamjham-5
‘एक जुगका एकचोटी ’संविधानसभाबाट संविधान जारी हुन लाग्दै लाग्दा संविधानसभा परिसर अहिले झकिझकाउ पारिएको छ भने सुरक्षा सहितको सम्पूर्ण व्यवस्थापन चुस्त पारिएको छ ।sambidhan-jari-tamjham-8
संविधान जारी हुन केहि घण्टामात्रै बाँकी रहेको अवस्थामा संविधानसभा परिसरको तामझाम रातोपाटीको क्यामेरामा यसरी कैद भएको छ ।sambidhan-jari-tamjham-7

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण