मलेसियामा कार्यरत नेपाली हरुले गरे नया संविधान लाई भब्य रूपमा स्वागत ।
सुसान आचार्य मलेसिया /उज्यालो लालटिन असोज ३
नया संविधान पायको खुसियाली मा मलेसियामा प्रमुख तिन राजनीति दलका जन बर्गिय संगठन द्वारा आयोजना गरिएको सयुत्त दिप प्रज्व्लन कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ
झन्डै ६५ बर्ष देखि नेपालमा देखियको राजनीतिक अस्थिरता र खिचातानी बाट ग्रसित भै बसेका नेपाली माझ नया संविधान पाय संगै खुसियाली र उमंग छायको छ ।धर्म निरुपेछ्यता संघीयता तथा स्वतन्त्रता जस्ता मुल राष्ट्रिय मुद्दा सम्बोधन हुने गरि बनाइयको नया संविधानले अब देश उन्नति र बिकास को गतिमा अधि जाने आसा करोडौं नेपाली ले लियका छन ।
देश भित्र र बाहिर नंया संविधान पायको खुसियाली छाय सङै लाखौ नेपाली श्रमिक कार्यरत मलेसियामा समेत यसको उत्सव देखियको छ ।आज राजधानी क्व्ललाम्पुर नजिक होटेल ग्रान्ड कन्टिनेटल मा आयोजना गरिएको कार्यक्रम मा सयौ को सङ्ख्या मा नेपाली हरुको उपस्थिति रहेकोे थियो ।कार्यक्रम मा नेपाली श्रमिक संगै नेपाली ब्यबसायी कुट्नितिक नियोगका प्रतिनिधि तथा अन्य विभिन्न संघ संगठन मा आबद्ध प्रतिनिधि हरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा प्रमुख अथितिका रूपमा आउनु भयका नेपाली दूतावास मलेसिया का राजदुत डा.निरन्जन मान बस्नेत ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम मा बोल्दै उहाले अहिले को नया संविधानले नेपाल र नेपाली को मुहार फेर्न आसा गरेको बताउनु भयो ।साथै उहाले लामो समयको त्याग तपस्या र हजारौं को बलिदान बाट प्राप्त उपलब्धि लाई सबैले खुलेर समर्थन र स्वागत गर्न समेत अनुरोध गर्नु भएको छ ।
कार्यक्रम मा बोल्दै ए ने क पा माओवादी निकट जन प्रगतिशील श्रमिक मञ्च मलेसिया का अध्यक्ष प्रेम पान्डे जि ले अहिले को संविधान कागजी किताब नभै सुनौलो इतिहास र जनता को जित भएको बताउनु भयो साथै उहाले अहिले सम्म्कै सबैभन्दा ठुलो उपलब्धि का रूपमा पायको यो संविधानलाई सबै राजनीतिक दल र आम नेपाली सबैले खुलेर स्वागत र अबलम्बन गर्नुपर्ने बताउनु भयो ।
झन्डै दुई घन्टा लामो कार्यक्रम मा नेपाली काङ्ग्रेस सम्बद्ध काङ्ग्रेस जन सम्पर्क समिति मलेसिया का सभापति तथा ने क पा एमाले सम्बद प्रबासी जन सम्पर्क मञ्च मलेसिया का अध्यक्ष ले समेत आफ्नो मन्तव्य राख्दै अहिले को संविधान बाट अब नेपाल नया गतिमा जाने बताउनु भएको छ ।