गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचारयो वर्ष ४३ हजारले दिए कोरिया भाषा परीक्षा

यो वर्ष ४३ हजारले दिए कोरिया भाषा परीक्षा

September 21, 2015१८७ पटक

४ असोज, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान लिइने भाषा परीक्षामा यो वर्ष नेपालका लागि छुट्टयाइएको कोटाभन्दा झन्डै ६ गुणा बढी युवाले भाषा परीक्षा दिएको कारोबारमा खबर छ ।

ईपीएस कोरिया शाखाका अनुसार आइतबार सम्पन्न भाषा परीक्षामा ४३ हजार चार सय ६ युवा सहभागी भएका छन् । यो वर्ष सात हजार एक सय युवा उर्त्तीण हुनेछन् ।

दुई दिनसम्म दुई सिफ्टमा परीक्षा सञ्चालन भएको थियो । सात हजार ६ सय १९ युवा भाषा परीक्षामा उपस्थित भएनन् । ठाउँ ठाउँमा भएका बन्द हड्ताल र भूकम्पका कारण ठूलो संख्यामा युवाहरु परीक्षामा सहभागी हुन नसकेका हुन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण