अछाममा स्वास्थ्यकर्मी महिलामाथी लुटपाट गर्ने एक जना पक्राउ ।।
स्वास्थ्यकर्मी महिलालाई लुटपाट गरेको आरोपमा अछामको सिउडीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सोकट स्वास्थ्य चौकिमा अनमी पदमका कार्यरत प्रेङ्का महतो माथि लुटपाट गरेको आरोपमा प्रहरीले सिउडी गाबिस– ७ का २६ बर्षिय शंकर थापालाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक नारायण चन्दका अनुसार थापाले अनमि महतोको साथ बाट १८ हजार नगद सहित १५ हजार बराबरको सुनको गहना पनि लुटपाट गरेको किटानी गरिएको छ । गोष्ठी सकेर सदरमुकाम मंगलसेन बाट फर्किदै गर्दा थापाले गत भदौ २८ गते अनमि माथि चौखुट्टे बजार नजिकैको जंगलमा हातपात गरेका थिए