गृहपृष्ठ » मुख्य समाचार, राजनीतिदलहरु अब प्रधानमन्त्री चयन प्रक्रियामा लाग्दै ।।

दलहरु अब प्रधानमन्त्री चयन प्रक्रियामा लाग्दै ।।

September 26, 2015२३६ पटक

काठमाण्डौ,असौज ९-प्रधानमन्त्री सुसिल कोईरालाको आग्रहमा राष्ट्रपति डा रामवरण यादवले यहि १५ गतेदेखि व्यवस्थापिका संसदको हिउँदे अधिवेशन बोलाउनुभएको छ ।
त्यसै दिनदेखि सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ । संविधानको धारा २ सय ९८ अनुसार संसद अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुनेछ । व्यवस्थापिका संसद अधिवेशन १५ गतेदेखि शुरु हुने भएपछि असोज २२ गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाईसक्ने छ ।
संविधान अनुसार यदि सहमति नभएमा बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री चयन प्रक्रिया शुरु हुने छ । दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने यसअघिको सहमति छ । दलहरुबीच लिखित रुपमा १६ बुँदे सम्झौता हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा सघाउने अलिखित सहमति भएको थियो ।
त्यसै अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने हिसाबमा अगाडी बढेको छ । एमाले उपाध्यक्ष भिम रावलले अहिलेसम्म छलफल नभएको तर अब नयाँ सरकारको नयाँ छलफलमा लाग्ने बताउनुभयो । यदि सात दिनभित्र राजनीतिक सहमति नभएमा व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछन् ।
कांग्रेसलाई राष्ट्रपति, एमालेलाई प्रधानमन्त्री, एमाओवादीलाई सभामुख र मधेसी मोर्चालाई उपराष्ट्रपति दिने भद्र सहमति भएको बुझिएको छ । एकीकृत नेकपा माओवादीका नेता गिरिराजमणि पाखरेल पहिले राजनितिक समस्या हल गरेर मात्रै सरकार गठनको प्रक्रिया शुरु गर्ने बताउनुहुन्छ । संविधानतः ७ दिनभित्र प्रधानमन्त्री चयन गरिसक्नुपर्ने छ । यसरी हेर्दा २२ गते भित्रैमा प्रधानमन्त्री चुनिने छन् । संविधानमा ३० दिनभित्र राष्ट्रपति चयन गर्ने नयाँ संविधानको व्यवस्था छ । संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने भनिएको छ । संविधानअनुसार संविधान जारी भएको एकमहिना अथवा मंसिर १४ गतेसम्म सबै प्रमुख पदहरुमा निर्वाचित भईसक्ने छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण